Logo

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL