Logo

बिदेशी लगानीकर्ता नेपालबाट धमाधम नाफा बिदेश पुर्याउँदै, ४ महिनामा साढे १८ अर्बभन्दा बढी रकम बिदेश लैजान स्वीकृति

बिदेशी लगानीकर्ता नेपालबाट धमाधम नाफा बिदेश पुर्याउँदै, ४ महिनामा साढे १८ अर्बभन्दा बढी रकम बिदेश लैजान स्वीकृति



काठमाडौं । नेपालमा विभिन्न व्यवसायमा लगानी गरेका बिदेशी लगानीकर्ताले नेपालमा कमाएको नाफ धमाधम बिदेश लैजान थालेका छन् । यसैक्रममा नेपालबाट चालु आवको मंसिरसम्ममा विभिन्न ५ कम्पनीले १८ अर्ब ६९ करोड रुपैयाँ बढी लाभांश विदेश लैजाने गरी स्वीकृती पाएका छन् । उद्योग विभागबाट विभिन्न ५ कम्पनीले यस्तो लाभांस लैजाने गरी स्वीकृत पाएका हुन् ।

laxmi

विभागका अनुसार गत साउन १ देखि मंशिर मसान्तसम्म कम्पनीहरुले १८ अर्ब ६९ करोड ८७ लाख ६३ हजार ८ सय ६२ रुपैयाँ लाभांस फिर्ता लैजाने गरी स्वीकृती पाएका हुन् ।

गत आर्थिक बर्षभर यस्तो लाभांस फिर्ता लैजान पाउनेगरी विभिन्न २३ कम्पनीहरुले स्वीकृती पाएका थिए । जसमार्फत ९ अर्ब ३९ करोड ३ लाख ९ हजार ६ सय ३७ रुपैयाँ रहेको छ ।

यस्तै गत आवमा विदेशी साझेदार विभिन्न २५ कम्पनीहरुले ३ अर्ब ७७ करोड ६० लाख रुपैयाँ रोयल्टीवापतको रकम बाहिर लैजाने स्वीकृती पाएका थिए । तर, चालु आवको पछिल्लो ४ महिनामा यस्तो रकम बाहिर लैजानका लागि विदेशी साझेदार विभिन्न ३ कम्पनीले विभागबाट स्वीकृत पाएको विभागका प्रवक्रा ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार चालु आवको ४ महिनामा ३ कम्पनीले रोयल्टीबापतको १४ करोड ४८ लाख ५१ हजार ५ सय ७४ रुपैयाँ बाहिर लैजाने गरी स्वीकृत पाएका हुन् ।

विदेशी लगानीका एनसेल, सूर्य नेपाल, बुटवल पावर, हिमाल पावर, नेपाल बंगलादेश बैंकलगायत मार्फत विदेशी सेयर लगानीकर्ताले आफ्नो लाभांस लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL