Logo

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक भएको दाबी

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक भएको दाबी



काठमाडौं । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको जानकारी दिएका छन् । डा. भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताएका छन् ।

वार्ताको स्थल सार्बजनिक नगरिएपनि स्रोतले वार्ता प्रधानमन्त्री निवास बालुवाटारमै भएको बताएको छ । 

मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोलि गठन गरेको सार्बजनिक गरेका थिए ।

वार्ता टोलिमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ‘दीपक’ रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL