Logo

‘आर्थिक अपराध नियन्त्रण विना विकास सम्भव छैन ’ अर्थमन्त्री, अर्थ व्यवस्थामा प्रभाव पार्ने

‘आर्थिक अपराध नियन्त्रण विना विकास सम्भव छैन ’ अर्थमन्त्री, अर्थ व्यवस्थामा प्रभाव पार्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अपराध नियन्त्रण नहुँदासम्म मुलुकमा स्थिरता, पारदर्शिता एवम् दिगो विकास सम्भव नहुने बताएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एसिया प्रशान्त समूहको संयुक्त आयोजनामा सोमवारदेखि शुरु भएको कार्यशालाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

सो अवसरमा मन्त्री पौडेलले आपराधिक कार्यले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय वित्तीय प्रणालीको विश्वसनीयता र स्थिरतामा नकारात्मक असर पुर्याउनुका साथै समग्र अर्थ व्यवस्थामा गम्भीर प्रभाव पार्ने बताए ।

आर्थिक अपराधमा संलग्न अपराधीले कानुनलाई छल्न र कारबाहीबाट उम्कन जटिल एवम् बहुचरणका गतिविधि गर्ने गरेको बताए । साथै  प्रत्येक मुलुकले अन्तर्रा्ष्ट्रिय नियम कानुनको निर्माण, वित्तीय तथा अन्य कानुन कार्यान्वयनका निकायको प्रभावकारितामा जोड दिए ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अन्तर्रा्ष्ट्रिय सहयोग र सहकार्यमा क्षमता अभिवृद्धि, नियम कानुनको समयानुकूल परिवर्तन, परिमार्जन र अभिपालनाले मात्रै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको प्रभावकारी प्रणालीको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यशालामा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको अभियानमा एकजुट हुन ४४ मुलुक तथा १० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधि सहभागी छन् । कार्यशाला ५ दिनसम्म चल्ने छ ।

कार्यशालामा सहभागिले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणकालागि स्थापीत एशिया प्रशान्त समूहका सदस्य मुलुकबीच आ—आफ्नो मुलुकको अनुभवका आदान प्रदान गर्ने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL