Logo

३ दिनमा १७३ स्थानबाट पेट्रोलियम वितरण गरिँदै, तपाइलाई कहाँ नजिक पर्छ ?

३ दिनमा १७३ स्थानबाट पेट्रोलियम वितरण गरिँदै, तपाइलाई कहाँ नजिक पर्छ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयाल निगमले ३ दिनमा १ सय ७३ वटा पेट्रोलपम्पबाट पेट्रोलियम वितरण गर्ने भएको छ । उपभोक्तालाई सहज रुपमा पेट्रोलियम उपलब्ध गराउने उद्देश्य अनुरुप धेरै स्थानबाट निगमले जानकारी दिएको छ ।

नेपाल आयाल निगमले विहीबार पहिलो दिन विभिन्न ५७ स्थानबाट पेट्रोल वितरण गर्ने भएको छ । विहीबार १ लट देखि ३० लटसम्मका मोटरसाइकलाई पेट्रोल दिइने भएको छ । यसैगरी १ लटदेखि ५ लटसम्मका चारपाङ्ग्रे (कार/जीप) सवारीसाधनलाई पनि सोही दिन पेट्रोलियम वितरण गरिने भएको छ ।

यसैगरी, शुक्रबार ३१ लटदेखि ५० लटसम्मका मोटरसाइकल र ६ लटदेखि ८ लटसम्मका चारपाङ्ग्रे निजी सवारीसाधनलाई पेट्रोलियम दिइने भएको छ । उक्त दिन विभिन्न ५३ स्थानबाट पेट्रोलियम वितरण गरिने भएको छ ।

त्यसैगरी, शनिबार सवैभन्दा बढी स्थानबाट पेट्रोलियम वितरण गरिने भएको छ । सो दिन ६३ स्थानबाट पेट्रोलियम वितरण गरिने भएको छ । ५१ लटदेखि माथिका मोटरसाइकल र ९ लटदेखि माथिका कार तथा जीपलाई उक्त दिन पेट्रोलियम दिइने निमगल जानकारी दिएको छ ।
कुन–कुन पम्पमा दिईँदै छ पेट्रोलियम ? हेर्नुहोस सुचि सहित ।

aaila nigam

oil corporation second

प्रतिक्रिया दिनुहोस्
MBL