Logo

२६ करोडमा सिम्रिकले ल्यायो नयाँ हेलिकप्टर, उच्च हिमाली क्षेत्र उडानमा उपयोगी

२६ करोडमा सिम्रिकले ल्यायो नयाँ हेलिकप्टर, उच्च हिमाली क्षेत्र उडानमा उपयोगी


बिजखबर संवाददाता
0
Shares

सिम्रिक एयर प्रालिले ‘एच १२५ एएस ३५० बि थ्रीई’ नामक नयाँ हेलिकप्टर ल्याएको छ । फ्रान्सेली निर्माता कम्पनी एयरबस हेलिकप्टरर्सद्धारा निर्मित सो हेलिकप्टर सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

सो हेलिकप्टर यप्रकारको हेलिकप्टरमध्येको नयाँ भएको सिम्रिक एयर प्रालिका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको दावी छ । साथै यसमा रेस्क्यूका लागि अत्याधुनिक सुविधा समेत उपलब्ध भएको उनले जानकारी दिए । ‘ हाइ अल्टिच्युटको सो हेलिकप्टरमा आगलागी तथा बाढीबाट उद्धार गर्ने उपकरण समेत छ ’ उनले भने ।
एच १२५ एएस ३५० बि थ्रीई हेलिकप्टरको मूल्य २६ करोड रहेको उनले जानकारी दिए ।

हेलिकप्टरमा पाइलट बाहेक ६ सिट रहेको छ । त्यस्तै सो हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्न सक्छ ।

सोमबार क्याप्टेन सिदार्थजंग गुरुङले सिंगापुरबाट मलेसिया , थाइल्याण्ड ,म्यानमार बंगलादेश हुँदै काठमाडौसम्म उडाएर ल्याएका हुन् । सोमबारै बंगलादेशको ढाकाबाट उडेको यो हेलिकप्टर विराटनगरमा इन्धन भरेर काठमाडौं आईपुगेको बताइएको छ । हेलिकोप्टरमा क्याप्टेन सुरेन्द्र पौडेल र इन्जिनियर विष्णु बस्नेत पनि सिंगापुरबाटै आएका थिए ।simrik

सिम्रिकले एयरबस हेलिकप्टर कम्पनी सिंगापुरसंग ३ अत्याधुनिक हेलिकोप्टर खरिद गर्न गरेको सम्झौता अनुसारको यो पहिलो हेलिकोप्टर ल्याएको हो । कम्पनीले आगामी ६ महिनाभित्र थप २ हेलिकप्टर पनि ल्याउने तयारी गरेको छ ।

नेपाललाई विश्वकै उत्कृष्ट रेस्क्यु तथा हिमाल तथा पहाडी भेगमा विकास निर्माणका लागि सामान झुण्डाएर गर्ने सिलिङ प्रभावकारी बनाउने उद्देश्यका साथ हेलिकप्टर ल्याइएको थापाले जानकारी दिए । सिम्रिक एयर विगतमा पनि नयाँ अत्याधुनिक बीथ्रीई हेलिकम्टर भित्र्याउने पहलिो विमान सेवा कम्पनी हो । एएस ३५० बि ३इ विमानबाट पाएको विश्वस्नीय सफलताले सिम्रिकलाई पुनः नेपालमा पहिलो बनाउन सहयोग गर्ने कम्पनीको दावी छ ।

सिम्रिकले यसै अवसरमा फिल्मीङ तथा उच्च हिमाली भेगमा राहत तथा उद्धार एवं प्राकृतिक दैविप्रकोप जस्ता क्षेत्रमा विशेष तालीम प्राप्त दक्ष पाइलट तथा प्राविधिकहरुबाट सुरक्षित उडान सञ्चालनको तालीम समेत दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL