Logo

२० खर्बसहित अमेरिका ‘ब्राण्ड नेसन’मा सबैभन्दा माथि, नेपाल उत्कृष्ट सयमा पनि परेन

२० खर्बसहित अमेरिका ‘ब्राण्ड नेसन’मा सबैभन्दा माथि, नेपाल उत्कृष्ट सयमा पनि परेन


बिजखबर संवाददाता
0
Shares

कुनै कम्पनीले एक बर्षभर गरेको आम्दानी, उसको रणनीति र सफलतालाई आधार मानेर ‘ब्राण्ड भ्यालु’ तोक्ने गरिन्छ । विश्वमै एप्पल इन्कर्पोरेसनलाई सबै भन्दा धेरै ब्राण्ड भ्यालु भएको कम्पनीको रूपमा चिनिन्छ ।

कम्पनीको मात्र होइन देशको पनि आफ्नै ब्राण्ड भ्यालु हुने गर्छ । विश्वका विभिन्न देशको ब्राण्ड भ्यालुको सुची प्रकाशन गर्दै आएको ‘ब्राण्ड फाइनान्स’ले यस बर्ष पनि यस्तै सुची सार्वजनिक गरेको छ ।

सुची अनुसार अमेरिका सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको देशको रूपमा रहेको छ । ब्राण्ड फाइनान्सले अमेरिकाको ब्राण्ड भ्यालु २० खर्ब रहेको बताएको छ । साढे ६ खर्ब रूपैयाँ सहित चीन ब्राण्ड भ्यालु भएको देशको सुचीमा दोस्रे स्थानमा छ ।

सुचीमा जर्मनीले तेस्रो स्थान पाएको छ । बेलायत चौथो स्थानमा छ भने जापान पाँचौ स्थानमा । छैठौं स्थान फ्रान्सले पाएको छ ।

सुचीको उत्कृष्ट सयमा नेपालले भने आफ्नो स्थान पाउन सकने । एक स्थान सुधार गरेको भारत २ खर्ब बढी रूपैयाँ सहित विश्वकै सातौं ‘ब्राण्ड नेसन’ बनेको छ ।

सम्बन्धित देशमा रहेका कम्पनीहरूको पाँच बर्षको बिक्रि तथा आम्दानी अवस्थाको विशेष मुल्याङ्कन गरेर ब्राण्ड नेसनको सुची तयार गरिन्छ । कुल गार्हस्थ्य उत्पादनलाई पनि यसको एउटा आधार मानिन्छ ।

चर्चित कार निर्माता फक्सवागनले व्यहोरेको पछिल्लो सङ्कटले जर्मनीलाई ब्राण्ड नेसनकै सुचीमा प्रभाव पारेको थियो । ‘इन्क्रेडिबल इण्डिया’ सहित भारतले सुरू गरेको पर्यटन प्रवद्र्धनले सुचीमा सुधार गर्न मद्धत ग¥यो ।

प्रतिक्रिया दिनुहोस्
MBL