Logo

नेपाल आइपुग्यो १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप, नेपाललाई हस्तान्तरण गर्ने तयारीमा भारत

नेपाल आइपुग्यो १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप, नेपाललाई हस्तान्तरण गर्ने तयारीमा भारत



काठमाडौं । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

बिहीबार बिहान खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो । विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ ।

सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ ।

पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL