Logo

केरुङमा तीनओटा ट्याङकरमा इन्धन लोड हुँदै, अन्य ट्याङकरमा भोलि मात्रै

केरुङमा तीनओटा ट्याङकरमा इन्धन लोड हुँदै, अन्य ट्याङकरमा भोलि मात्रै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीनले अनुदानमा दिने भनिएको इन्धन लिन केरुङ नाका पुगेकामध्ये तीन ओटा ट्याङ्कर चीन प्रवेश गरेका छन् । इन्धन लोड गर्न चीनीया पक्षले बोलाए पछि नेपालका तीन ओटा ट्याङकरसहित आयल निगमका अधिकारी सीमा पारी गएका हुन् । आज तीन ओटा ट्याङ्करमा मात्रै इन्धन लोड गरेर औपचारिकरुपमा हस्तान्तरण गर्ने देखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘चीनीया पक्षले शुरुमा चार ओटा ट्याङ्कर पारी बोलाए पनि एउटा ट्याङ्कर रित्तै फर्काएका छन्’ उनले भने, ‘अन्य तीन ओटा ट्याङ्करमा लोड भइरहेको छ ।’ लोड भएर आएमा तीनै ओटा ट्याङ्करलाई आजै काठमाडौंतर्फ पठाईने उनले बताए ।

अनुदानको इन्धन लिन केरुङ गएका १२ मध्ये ९ ओटा ट्याङ्करमा भने भोलि आईतवार मात्रै इन्धन लोड हुने छ । चीनीया पक्षले ढिला गरेका कारण आज सवै ट्याङ्करमा इन्धन लोड हुन नसकेको हो । ‘भोलि आईतवार ९ ओटै ट्याङ्करमा इन्धन लोड हुने छ’ उनले भने, ‘त्यसपछ क्रमशः इन्धनको लोडिङ तथा आयात हुने छ ।’

भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने औपचारिक प्रक्रिया शुरू गरेको हो । गत बुधवार नेपालले चीनसँग पेट्रोलियम पदार्थ व्यापारका लागि समझदारी गरेको छ । चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नेपाली ट्याङ्कर केरुङतर्फ लागेसँगै भारतले पनि साविकका भन्दा धेरै परिमाणमा इन्धन पठाउन शुरू गरेको छ । हिजो शुक्रवार मात्रै भारतीय नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २ सय ३८ ट्याङ्कर नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL