Logo

कृषिप्रधान देश नेपालमा ५ महिनामै १८ अर्बको चामल आयात, खाद्यान्नको मूल्यवृद्धि १५ प्रतिशतसम्म

कृषिप्रधान देश नेपालमा ५ महिनामै १८ अर्बको चामल आयात, खाद्यान्नको मूल्यवृद्धि १५ प्रतिशतसम्म



काठमाडौं । नेपाललाई कृषिप्रधान देश भनिरहँदा नेपालमा चामल तरकारीजस्ता बस्तुको आयात उच्च हुन थालेको छ । नेपालको कुल ग्राहस्थ्र्य उत्पादनमा कृषि क्षेत्रको योगदान उच्च रहेपनि जनताका लागि आवश्यक चामल, तरकारी तथा फलफुल भने आयातमै भर पर्नुपरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्ष २०७७-७८ को पहिलो ५ महिनामा कुल १८ अर्ब १७ करोड ८६ लाख रुपैयाँको चालम आयात भएको छ । यो आयात गत आबको सोही अबधिको तुलनामा ६५ प्रतिशतले बढी हो ।

यसैगरी मासिक रुपमा तुलनामा गर्ने हो भने पनि कात्तिक महिनाको मंसिरको एक महिनामै करिब ५ अर्ब रुपैयाँ बराबरको चामल आयात भएको तथ्याङ्कले देखाएको छ । कात्तिकमा कुल १३ अर्ब ५७ करोड रुपैयाँको चामल आयात भएकोमा मंसिरमा आईपुग्दा ५ अर्ब रुपैयाँ बढी अर्थात १८ अर्ब १७ करोड रुपैयाँको चामल आयात भएको छ । मंसिर महिनामा नेपालमा आयात हुने मुख्य बस्तुको ५ औं स्थानमा चालम रहेको छ ।

यसैगरी नेपालमा मुख्य आयात हुने बस्तुको सूचीमा तरकारी पनि रहेको छ । मुख्य आयात हुने १६ औं स्थानमा रहेको तरकारी ५ महिनामा ६ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ ।

पछिल्लो समय नेपालमा दाल, चामल तथा तरकारीको आयात बढ्नुका साथै मूल्य वृद्धि पनि सोही अनुरुप बढेको छ । राष्ट्र बैंकले देशको समग्र मूल्य वृद्धि २।९३ प्रतिशत रहेको बताएपनि जनतासँग प्रत्यक्ष जोडिएको खाद्यान्न बस्तुको मूल्य वृद्धि भने उच्च रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७७ मंसिरमा फलफूल, घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि क्रमशः १४।७५ प्रतिशत, १३।०१ प्रतिशत, ११।४४ प्रतिशत र १०।७४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL