Logo

निजी कम्पनीलाई पनि कोरोना खोप नेपाल ल्याउन बाटो खुल्यो, विभागद्धारा खोप दर्ता र सूचीकरण खुला (सूचनासहित)

निजी कम्पनीलाई पनि कोरोना खोप नेपाल ल्याउन बाटो खुल्यो, विभागद्धारा खोप दर्ता र सूचीकरण खुला (सूचनासहित)



काठमाडौं । सरकारले निजी कम्पनीलाई पनि कोरोना संक्रमण (कोभिड–१९) को खोप नेपाल ल्याउन बाटो खोलेको छ । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै स्वदेशी तथा विदेशी कम्पनीलाई कोभिड खोप नेपाल ल्याउन चाहे दर्ता गर्नलाई आव्हान गरेको हो ।

औषधि ऐन २०३५ को तेस्रो संशोधन को दफा ९ (क) को कार्यान्वयनको लागि तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालीन प्रयोगको लागि दर्ता गर्नलाई औषधि व्यवस्था विभागले सूचना जारी गरेको छ।

विभागले जारी गरेको सूचनामा भनिएको छ,’आपतकालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ र कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणालाई आधार मानिन्छ।‘

बुधबार नै एक सूचना प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप खरिदका लागि रकम अभाव भएको भन्दै आर्थिक सहयोग गर्न आव्हान गरेको थियो ।

भारतलगायतका अन्य देशहरुमा विभिन्न कम्पनीले विकास गरेका खोपहरुलाई आपतकालीन उपयोगका लागि अनुमति दिइएको छ र ती देशहरुमा भ्याक्सिनेशन कार्य जारी छ । भारतमा पनि यही जनवरी १६ देखि भ्याक्सिनेशन गरिँदैछ। विश्वमा भ्याक्सिनेशन शुरु गरिएपछि नेपालले पनि त्यसका लागि प्रक्रिया थालेको हो । नेपालमा अनुमति नलिए कुनै पनि खोपको नेपालमा प्रयोग गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL