Logo

पेट्रोलियम लिन १२ ट्याङ्कर केरुङ हिडे, शनिवार फर्कने

पेट्रोलियम लिन १२ ट्याङ्कर केरुङ हिडे, शनिवार फर्कने


बिजखबर संवाददाता
0
Shares

चीनबाट पेट्रोलियम ल्याउन नेपाली ट्याङ्कर चीन प्रस्थान गरेका छन् । नेपाल आयल निगमले एक कार्यक्रमबीच चीनले अनुदानमा दिन लागेको तेल ल्याउन १२ वटा ट्याङ्कर केरुङतर्फ पठाएको हो ।

निगमले १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर केरुङ पठाएको छ । जसले १ लाख ४४ हजार लिटर पेट्रोलियम लिएर फर्कने छ । चीन सरकारले नेपाल सरकारलाई १ हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोलियम निशुल्क दिन लागेको हो ।

पेट्रोलियम निलका लागि निगमका निमित्त निर्देशक दिपक वराल र चिनियाँ दूतावासका अधिकारी सहितको टोली केरुङ प्रस्थान गरेका हुन् । उक्त ट्याङ्करले केरुङ् नाकाबाट शनिवार तेल लिएर फर्कने छ । साथै नेपाल र चीनबीच पेट्रोलियम आयातका लागि एक समझदारी पत्रमा समेत हस्ताक्षर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL