Logo

सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? लोकसेवाले माग्यो ४ सय बढी कर्मचारी (सूचनासहित)

सरकारी जागिर खाने सोचमा हुनुहुन्छ ? लोकसेवाले माग्यो ४ सय बढी कर्मचारी (सूचनासहित)



काठमाडौं । लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ ।

laxmi

आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ ।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको हो ।

दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ।

न्याय, प्रशासनतर्फ आयोगले आवेदन खुला गरेको छ । दरखास्त माघ २० गतेसम्म भरिसक्नु पर्नेछ ।

आयोगका काठमाडौंलगायत देशभरका सातै कार्यालयबाट दरखास्त दिन सकिन् छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL