Logo

कैलाशचन्द्र गोयल मारवाडी सेवा समितिको अध्यक्ष बन्ने पक्का, गोयल समुहका बहुमत सदस्य निर्वाचित

कैलाशचन्द्र गोयल मारवाडी सेवा समितिको अध्यक्ष बन्ने पक्का, गोयल समुहका बहुमत सदस्य निर्वाचित



काठमाडौं । माडवारी सेवा समिति नेपालको अब बन्ने अध्यक्षमा कैलाशचन्द्र गोयल पक्का जस्तै भएका छन् । समितिको सोमबार भएको निर्वाचतनमा कैलाशचन्द्र गोयलको समूहले बहुमत ल्याएसँगै उनी अध्यक्ष बन्ने पक्का भएका हुन् । समितिमा निर्वाचित सदस्यहरुको बहुमतबाटै अध्यक्ष चयन गरिनेछ ।

सोमबार ज्ञानेश्वरको माहेश्वरीमा ३१ जना सदस्य पदको लागि निर्वाचन भएको थियो । कुल ७० जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेकोमा ३१ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । जसमा उनका समुहको बहुमत सदस्यहरु निर्वाचित भएका थिए ।

विजयी उम्मेरदवारहरुमध्येबाट माडवारी सेवा समितिको नयाँ कार्यसमिती बन्नेछ । जसमध्येबाटै अध्यक्ष लगायतका पदाधिकारी चयन गरिने छ ।

सोमबार सदस्य पदका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत पनि गोयलले नै ल्याएका छन् । उनले ८८३ मत ल्याउँदा ओमप्रकाश बंशलले ८८०, प्रमोद कुमार अग्रवालले ८५९ मत ल्याएका थिए । सो निर्वाचनमा ५९९ मत ल्याउने उम्मेदवारलेसस ससससम्म विजय हासिल गरेका छन् ।

कैलाशचन्द्र गोयल मारवाडी सेवा समितिको अध्यक्ष बन्ने पक्का, गोयल समुहका बहुमत सदस्य निर्वाचित

प्रतिक्रिया दिनुहोस्
MBL