Logo

नेपाल आबद्ध रहेको कोभाक्सका लागि बेलायतले १ अर्ब डलर अनुदान दिने, ६० लाख नेपालीका लागि निशुल्क खोप पाइने

नेपाल आबद्ध रहेको कोभाक्सका लागि बेलायतले १ अर्ब डलर अनुदान दिने, ६० लाख नेपालीका लागि निशुल्क खोप पाइने



काठमाडौं ।  बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरसविरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।     

laxmi

बेलायत सरकारले अन्य दाताले ४ डलर दिए आफ्ना तर्फबाट एक पाउन्ड रकम कोभाक्समा राख्ने जनाएको छ । कोभाक्सका लागि बेलायतले यसअघि नै ५४ करोड ८० लाख डलर अनुदान दिइसकेको छ ।     

क्यानाडा, जापान र जर्मनीले मुख्य रुपमा कोभाक्स कोषमा रकम जम्मा गरिरहेका छन् । यस कोषका लागि १ अर्ब ७० करोड डलरसम्म प्रदान गर्ने योजना दाताहरुको रहेको छ ।     

बेलायती विदेश मन्त्रालयका अनुसार यसै वर्षभित्र ९२ वटा विकासशील मुलुकका लागि कोषबाट एक अर्ब कोभिड–१९ को खोप वितरण गरिनेछ । विदेशमन्त्री डोमिनिक राबले जारी गर्नु भएको विज्ञप्तिमा यो विश्वव्यापी समस्या रहेकाले सबैलाई यस अभियानमा सहभागी गराउनुको विकल्प नरहेको बताएका छन् ।   कोभ्याक्स सञ्जालमा नेपाल पनि आबद्ध छ ।

नेपालमा कहिलेसम्म कोरोनाको खोप उपलब्ध हुन्छ भन्ने निश्चित देखिदैन् । सरकार अहिलेसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभ्याक्समार्फत उपलब्ध गराउने भनिएको खोपको पर्खाइमा छ । कोभिड–१९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि विश्वव्यापी पहल कोभ्याक्सअन्तर्गत नेपालले सहुलियतमा पाउने भनेको खोप केवल २० प्रतिशत व्यक्तिलाई पुग्नेछ ।

सहुलियतको यो खोप पनि पहिलो चरणमा ३ प्रतिशत अर्थात् ९ लाख मानिसलाई पुग्ने गरी आगामी मार्चसम्म र बाँकी १७ प्रतिशत त्यसपछि सन् २०२१ भित्र आउने अनुमान छ । यो अनुमानअनुसार मुलुकमा पहिलो खोप आउन आगामी चैत–वैशाखसम्म कुर्नुपर्ने छ ।

नेपालमादुई तिहाइभन्दा बढी नागरिकलाई खोप आवश्यक पर्न सक्ने आँकलन छ । सहुलियतको खोप भने करिब ६० लाखका लागि मात्रै पुग्ने र, यो खोप कोभ्याक्सले स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेका मानिसलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले बताए । उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। शुरूमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने उनले बताए ।

कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरीब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ ।   

प्रतिक्रिया दिनुहोस्
MBL