Logo

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘भ्याक्सिन ल्याउने तयारी भइसक्यो ल्याउँछौं’

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘भ्याक्सिन ल्याउने तयारी भइसक्यो ल्याउँछौं’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने तयारी भइरहेको बताएका छन् । उनले राष्ट्रिय सभा बैठकलाई आज सम्बोधन गर्दै भ्याक्सिन छिट्टै ल्याएर कोरोना भाइरसविरुद्धको युद्ध जितिने बताएका हुन् ।

‘भ्याक्सिन ल्याउने तयारीमा छौं र ल्याउँछौं,’ ओलीले भने । उनले कोरोना महामारीसँग लड्दा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको समेत दाबी गरे ।

विश्वभर कोरोना भाइरसको भ्याक्सिनको प्रयोग धमाधम भइरहँदा प्रधानमन्त्री ओलीको भ्याक्सिन ल्याउने भनाई आएको हो । सरकारले भारतबाट कोभिशिल्ड भ्याक्सिन ल्याउने गरी पहल शुरु गरिसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL