Logo

महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण शर्मा बिजयी, उपाध्यक्षमा सुवेदी र पौडेल

महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्ण शर्मा बिजयी, उपाध्यक्षमा सुवेदी र पौडेल



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । शर्माले कुल खसेको ७५ प्रतिशत मत ल्याएर बिजयी भएका हुन् ।

शर्माले जिल्लानगरतर्फ २२ मत प्राप्त गरे भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गरे । यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

शर्मा सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

जिल्लानगरका ३० र एशोसिएटतर्फका १ सय १२ उद्योग तथा व्यवसायीक प्रतिष्ठान मतदाता रहेका थिए । तर एशोसिएटतर्फ १सय १ मत मात्र खसेका थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL