Logo

पेट्रोलियमा कालोबजारी भएसँगै अख्तियारले कारवाही प्रक्रिया अघि बढायो

पेट्रोलियमा कालोबजारी भएसँगै अख्तियारले कारवाही प्रक्रिया अघि बढायो


बिजखबर संवाददाता
0
Shares

पेट्रोलियम पदार्थको विक्रीवितरणमा कालोबजारी भएको गुनासो बढेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अघि बढाएको छ । कतिपय पेट्रोल पम्पले बढी पैसा लिएर बेच्ने गरेको, कुपनमा तोकिएभन्दा कम तेल दिएको गुनासो बढेपछि कारवाही प्रक्रिया अघि बढाइएको अख्तियारको प्रवक्त कृष्णहरि पुष्करले जानकारी दिए ।

पुष्करका अनुसार कुपनको तेलमा पनि पेट्रोल पम्पले सम्बन्धित व्यक्तिलाई घटाएर दिने र त्यसबाट बचेको तेल बढी मुल्यमा बेच्ने गरेको गुनासो समेत आएको छ । साथै, कतिपयले पावरको दुरुपयोग गर्दै तेल भरी वाहिर बढी मुल्यमा बेच्ने गरेको गुनासो समेत बढेको छ ।

हाल सम्बन्धित निकायहरुसँगको सहकार्यमा कारवाही प्रक्रिया अघि बढाइएको अख्तियारले जानकारी दिएको छ । हाल उच्च सरकारी पदस्थहरुले पम्पबाट पेट्रोल भर्दै वाहिरी बजारमा प्रतिलिटर ५ सय रुपैयाँभन्दा बढी मुल्यमा बेच्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL