Logo

राष्ट्रपति चयनका लागि मतदान हुँदै, प्रतिस्पर्धामा भण्डारी र गुरुङ

राष्ट्रपति चयनका लागि मतदान हुँदै, प्रतिस्पर्धामा भण्डारी र गुरुङ


बिजखबर संवाददाता
0
Shares

राष्ट्रपति चयनका लागि संसदमा मतदान सुरु भएको छ । मतदान  संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखिसुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरिसकेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

सत्तापक्षको साझा उम्मेदवार भण्डारी राष्ट्रपतिमा निवार्चित हुने लगभग पक्का छ । उनलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक सहित सत्तारुढ गठबन्धनको समर्थन छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विद्याको पक्षमा ३५० भन्दा बढी मत खस्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL