Logo

जागिर खोज्दै हुनुहुन्छ ? नेपाली सेनाले माग्यो झण्डै तीन सय कर्मचारी (सूचनासहित)

जागिर खोज्दै हुनुहुन्छ ? नेपाली सेनाले माग्यो झण्डै तीन सय कर्मचारी (सूचनासहित)



काठमाडाैं । नेपाली सेनाले ११ पदमा २९४ जना कर्मचारी माग गरेकाे छ । सेनाले मंगलबार सूचना जारी गर्दै लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेकाे हाे ।

सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विज्ञप्तिमा उल्लेख छ । दरखास्त अवधि एक महिनाकाे ताेकिएकाे छ । इच्छुक तथा याेग्यता पुगेका ब्यक्तिले पुस २१ गतेदेखि माघ २१ गतेसम्म आवेदन बुझाउन सक्नेछन् ।

हेर्नुहाेस् सूचनाः

प्रतिक्रिया दिनुहोस्
MBL