Logo

महासंघको प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा टिकाराज ढकाल चुनिदा उपाध्यक्षमा राउत र पौडेल

महासंघको प्रदेश १ मा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा टिकाराज ढकाल चुनिदा उपाध्यक्षमा राउत र पौडेल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको १ नम्बर प्रदेशको अध्यक्षमा टिकाराज ढकाल सर्वसम्त निर्वाचित भएका छन् । आज भएको उम्मदेवारी मनोनयन कार्यक्रममा उनको विपक्षमा उम्मेदवारी नै नपरेपछि सर्बसम्मत निर्वाचित भएका हुन् ।

laxmi

प्रदेश नम्बर १ का नवनिर्वाचित अध्यक्ष टिकाराज ढकाल महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पूर्व अध्यक्ष चण्डीराज ढकाल समुहका उम्मेदवार हुन् । उनी झापा उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।

यसैगरी प्रदेश नम्बर १ को एशोसिएट्स उपाध्यक्षमा ढकाल समुहकै राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । राउत यस अघि पनि प्रदेश १ को उपाध्यक्ष हुन् ।

यसैगरी जिल्ला नगरतर्फको उपाध्यक्षमा भिम पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनको विरुद्धमा भिम घिमिरेले उम्मेदवारी दिएपनि मदतान हुने भएपछि घिमिरेले पौडेललाई नै छाडिदिए पनि निर्विरोध निर्वाचित भएका हुन् । साथै प्रदेश १ को कोषाध्यक्षमा रमेश राठी चयन भएका छन् ।

यसैगरी जिल्ला नगर तर्फका सदस्यहरुमा जिल्ला नगरतर्फ पृतम खड्की, कुमार भट्टराई, विरेन्द्र शाह, युवराज शाक्य र भुपाल कटुवाल निर्वाचित भएका छन् ।

यस्तै एशोसिएट्स सदस्यहरुमा श्रवण अग्रवाल र रविन दाहाल निर्विरोध निर्वाचित हुँदा बस्तुगत सदस्यहरुमा राजन श्रेष्ठ र सुवास आचार्य निर्वाचित भएको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL