Logo

प्रचण्ड उपचारका लागि पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान, मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने

प्रचण्ड उपचारका लागि पत्नी सीतालाई लिएर मुम्बई प्रस्थान, मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने



काठमाडौं । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि सीतालाई उपचारका लागि भारत लगिएको हो ।

laxmi

उनको मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने जनाइएको छ । श्रीमती सीताको स्वास्थ्य अवस्थाको जटिलताका कारण प्रचण्ड स्वयं पनि साथमै भारत गएका छन् । उनको साथमा दुई छोरी रेणु र गंगा पनि गएका छन् । सीताको भारत, मुम्बईमा रहेको एक अस्पतालमा उपचार गरिने पारिवारिक स्रोतले जनाएको छ।

केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित सीतालाई केहीदिन अघि ललितपुरको मेडिसिटीमा राखेर उपचार गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL