Logo

हवाई सम्झौता थपिदै, सम्झौता भएका मुलुकको संख्या ३८ पुग्यो

हवाई सम्झौता थपिदै, सम्झौता भएका मुलुकको संख्या ३८ पुग्यो


बिजखबर संवाददाता
0
Shares

देशमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्दै गर्दा सरकारले सम्भावित बजार विस्तारका लागि हवाई सेवा सम्झौतालाई प्राथमिकतामा राखेको छ । जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै थप २ मुलुक भियतनाम र न्युजिल्यान्डसँग नयाँ हवाई सेवा सम्झौता (एएसए) गरेको छ ।

यससँगै नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुकको संख्या ३८ पुगेको छ । त्यस्तै युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया र पाकिस्तानसँगको सम्झौता पुनरावलोकन सम्पन्न गरेको छ । सरकारी टोलीले कात्तिक २ देखि ६ सम्म टर्कीमा आयोजित ‘आईकाओ एयर सर्भिस नेगोसिएसन इभेन्ट’ का अवसरमा नेपालले भियतनाम र न्युजिल्यान्डसँग हवाई सेवा सम्झौता गरेको हो ।

सरकारले यसै वर्ष जापानसँग हवाई सेवा सम्झौता पुनरावोलकन गर्ने तयारी थालेको बताएको छ । यस्तै अस्ट्रेलियासँगको हवाई सम्झौतालाई समेत अगाडि बढाउने तयारी गरिएको मन्त्रालयका उपसचिव तथा भ्रमण टोलीका सदस्य प्रमोद नेपालले जानकारी दिए ।

नेपालमा निर्माणाधीन दुईवटा गौतमबुद्ध क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको प्रवद्र्धन र सफलताका लागि पछिल्ला सम्झौता फलदायी हुने अपेक्षा गरिएको मन्त्रालयका उपसचिव तथा भ्रमण टोलीका सदस्य प्रमोद नेपालले बताए ।

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरन्नोति पनि जारी छ भने बहुप्रतिक्षित बाराको निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गरिने भएकोले सरकारले हवाई सम्झौतालाई प्राथमिकतामा राखेको बताइएको छ ।

भियतनामसँगको सम्झौताअनुसार २ मुलुकका वायुसेवा कम्पनीले एकअर्का मुलुकमा साताको १४ वटासम्म उडान गर्न सक्नेछन् । यता कार्गो उडानका लागि भने कुनै पनि सीमा तोकिएको छैन । सम्झौताअनुसार दुवै मुलुकका वायुसेवा कम्पनीले एकअर्का मुलुकको जुनसुकै विमानस्थलमा पनि उडान भर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL