Logo

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी, महासचिवमा महर्जन

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों विजयी, महासचिवमा महर्जन



काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यो विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रेका भरतलाल जोशीलाई पराजित गरेर न्याछ्यों अध्यक्षमा निर्वाचित भएका हुन् ।

ललितपुर उद्योग वाणिज्य संघको ४१ औं वार्षिक सभाअन्तर्गत शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य, उद्योग उपाध्यक्ष सुशन महर्जन, वाणिज्य उपाध्यक्ष उसन बज्राचार्य, संस्थागत उपाध्यक्ष विरेन्द्रलाल श्रेष्ठ, महासचिव रूपकमान महर्जन र कोषाध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यमा रूपेन्द्र राज शाक्य, राजेश राज बज्राचार्य, मिलन शाक्य, आपुलाल अवाले, मुकुन्द महर्जन, सुजन बज्राचार्य, राजु महर्जन, महेश श्रेष्ठ, गुनकेशरी ताम्राकार, रमेश महर्जन, शर्मिला श्रेष्ठ, सजना श्रेष्ठ र विमला शाक्य निर्वाचित भए ।

यसअघि पूर्ण महर्जन र नविनमान श्रेष्ठ कार्यसमिति समितिमा निर्विरोध निर्वाचित भएका थिए । २२ पदका लागि भएको निर्वाचनमा ४२ को उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL