Logo

कार्यकाल सकिन १ बर्ष बाँकी रहँदा काठमाडौंका मेयर शाक्यको गुनासो, चक्रपथ निर्माणमा ढिलाई हुँदा मोनोरेल कुदाउन सकिएन

कार्यकाल सकिन १ बर्ष बाँकी रहँदा काठमाडौंका मेयर शाक्यको गुनासो, चक्रपथ निर्माणमा ढिलाई हुँदा मोनोरेल कुदाउन सकिएन



काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर विद्या सुन्दर शाक्यले चक्रपथ विस्तारको काममा ढिलाई हुँदा काठमाडौंमा मोनोरेल संचालनमा ल्याउन नसकिएको बताएका छन् । आफु निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेपनि प्रतिद्धता व्यक्त गरेका केही काम अघि बढाउन नसकेको स्वीकार गर्दै सो कुरा बताएका हुन् ।

laxmi

मेयर शाक्यले आज काठमाडौं महानगर अन्तरगनको ३१ नम्बर वडा कार्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै चक्रपथ विस्तार भैनसकेकाले मोनोरेल कुदाउन नसकिएको बताएका हुन् ।

हामीले निर्वाचनको क्रमम चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ,’ उनले भने, ‘सडक विस्तारमा ढिलाई हुँदा उक्त कार्य गर्न सकेनौं ।’ आफ्नो कार्यकालमा धरहरा, काष्ठमाण्डप, दरबार हाईस्कुल, रानीपोखरीजस्ता सम्पदा निर्माण गरेपनि चक्रपथ विस्तार नहुँदा मोनोरेल संचालनमा ल्याउन नसकिएको बताए ।

साथै भवन शिलान्यासको क्रममा उनले आफ्नो कार्यकालमा ३२ वटै वडा कार्यालयको भवन निर्माण गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL