Logo

उखुको भुक्तानी माग्दै काठमाडौंको आन्दोलनमा सहभागी किसानको मृत्यु, बक्यौता नै नपाइ गुमाए ज्यान

उखुको भुक्तानी माग्दै काठमाडौंको आन्दोलनमा सहभागी किसानको मृत्यु, बक्यौता नै नपाइ गुमाए ज्यान



काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा भएको आन्दोलनमा सहभागी एक किसानको मृत्यु भएको छ । सर्लाही धनकौल छोटवल टोलका करिब ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयरोगबाट निधन भएको किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष राम स्वार्थ रायले जानकारी दिए ।

laxmi

मृतक किसानको मात्रै २४ लाख ६३ हमार रुपैयाँ लिन बाँकी थियो । उनको बिहानीपख स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएको थियो । मंसिर २८ देखिको किसान आन्दोलनमा सहभागी भएका उनको उपचारका क्रममा निधन भएको हो । उनी आन्दोलन अवधिभर चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसिरहेका थिए ।

हिजो मात्रै १६ दिनदेखि आन्दोलनरत उखु किसानले हिजो मात्रै सरकारसँग चार बुँदे सहमती गरेका थिए । सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिबद्धतासहितको सहमती भएको हो ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार समग्रमा किसानहरूले ९० करोड बक्यौता पाउन बाँकी छ । सर्लाहीका किसानहरूको मात्रै ३६ करोड बक्यौता लिन बाँकी रहेको छ । अघिल्लो सालमा भएको आन्दोलनपछि किसानले आंशिक मात्रै बक्यौता पाएका छन् । ‘देशभर ८४ हजार उखु किसान छन् । सर्लाहीमा मात्रै २५ हजार किसानले उखु खेती गर्दै आएका छन् । २५ हजार मध्ये १२ हजार कृषक पूर्ण रूपमा प्रभावित तथा पीडित रहेको पाइएको छ,’ संरक्षक मिश्रले भने ।

आन्दोलनका क्रममा ३३ करोड रुपैयाँ बक्यौता उठेको संरक्षक मिश्रको भनाइ छ । अहिले भएको सहमतीहरू २१ दिनभित्र पुरा नभए उनीहरूले पुनः आन्दोलन सुरू गर्ने चेतावनी समेत दिएका थिए । यद्यपी नारायण रायले सडक संघर्ष गरेपनि बक्यौता नपाइ ज्यान गुमाए ।

प्रतिक्रिया दिनुहोस्
MBL