Logo

राष्ट्रपतिले भने, एनआरएनहरु साइकल चढेर गाउँ जानुपर्छ, काठमाडौंमै रमाएर हुँदैन

राष्ट्रपतिले भने, एनआरएनहरु साइकल चढेर गाउँ जानुपर्छ, काठमाडौंमै रमाएर हुँदैन


बिजखबर संवाददाता
0
Shares

राष्ट्रपति डा. रामवरण यादवले गैर आवसीय नेपालीहरुलाई साइकल चढेर भएपनि आ–आफ्नो गाउँ जान आग्रह गरेका छन् । उनले विभिन्न देशबाट सातौ विश्व सम्मेलन बनाउन काठमाडौंका तारे होटलमा आइपुगेका एनआरएनलाई गाउँ–गाउँमा जान आग्रह गरेका हुन् । ‘देशमा पेट्रोलियम पदार्थको अभाव छ, जसले गर्दा सवारी साधनहरु प्रयाप्त मात्रामा चल्न सक्ने अवस्थामा छैनन्,’ एनआरएन सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘सवारी साधन नपाएको वाहाना बनाएर काठमाडौंमै बस्नु हुँदैन साइकल चढेर भएपनि आफ्नो गाउँ पुग्नु पर्छ ।’

यदि देशको लागि केही गर्ने हो भने काठमाडौंमा बसेर रमाइलो गर्न नहुने उनको तर्क थियो । ‘देशलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउन काठमाडौंमा सम्मेलन गर्नुभएको छ,’ उनले भने, ‘अव आ–आफ्नो गाउँमा गएर भुकम्प र बन्द हड्ताल पछिको बेदना मेटाउनु पर्छ ।’ एनआरएनले देशमा पुँजी मात्र नभई बौद्धिक सम्पती पनि भित्र्याउने तर्फ लाग्नुपर्ने उनको तर्क थियो ।

यस्तै, उनले सरकारलाई पनि सवैपक्षसँग मिलेर अघि बढ्न आग्रह गरेका छन् । देश जटिल परिस्थितीमा भएको जानकारी दिँदै सवै मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL