Logo

कांग्रेसले राष्ट्रपति लगायत सवै पदमा उम्मेदवारी दिने, को–को बन्दैछन् उम्मेदवार ?

कांग्रेसले राष्ट्रपति लगायत सवै पदमा उम्मेदवारी दिने, को–को बन्दैछन् उम्मेदवार ?


बिजखबर संवाददाता
0
Shares

नेपाली कांग्रेसले राष्ट्रपति लगायतका अन्य महत्वपूर्ण पदमा उम्मेदवारी दिने भएको छ । कांग्रेस नेता डा. रामशरण महत निवासमा वसेको कांग्रेस पदाधिकारीको बैंठकले सो निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका अन्य महत्वपूर्ण पदमा उम्मेदवारी दिने निर्णय गरेको नेता महत निकट गजेन्द्र विष्टले जानकारी दिए । ‘आज विहान सभापति, उपसभापति, बरिष्ठ नेता शेरबहादुर देउवा लगायत अन्य पदाधिकारीहरुको बैंठक बसेको थियो,’ उनले भने ।

तर, कसलाई कुन पदमा उठाउने भन्ने विषयमा भने टुङ्गो लागेको छैन । अन्य राजनीतिक दलसँग छलफल गरेर मात्र उम्मेदवारको टुङ्गो लगाइने भएको छ । कांग्रेसले उम्मेदवार टुङ्गो लगाउनका लागि पार्टी भित्र र अन्य राजनीनित दलसँग गहन छलफल गर्ने भएको छ ।  भर्खरै भएको प्रधानमन्त्री चुनावमा सभापति शुसिल कोइराला पराजय भएसँगै त्यसको समिक्षा गरेर कांग्रेले अन्य पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL