Logo

जिविस काठमाडौंका सवइन्जिनियर २ लाख घुससहित पक्राऊ,थप अनुसन्धान हुँदै

जिविस काठमाडौंका सवइन्जिनियर २ लाख घुससहित पक्राऊ,थप अनुसन्धान हुँदै


बिजखबर संवाददाता
0
Shares

जिल्ला विकास समिति अन्तर्गतको प्राविधिक कार्यालय काठमाडौंमा कार्यरत सव(ईन्जिनियर शरदकुमार श्रेष्ठ घुुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट लिएको दुई लाख नगदसहित श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले काठमाडौंको नाङ्लेभारे सडकखण्डमा ग्याविन तार लगाउन र अन्य मर्मत कार्य गर्नका लागि ठेक्का ठेकेदारबाट घुस लिएको अख्तियारले जानकारी दिएको छ ।

घुस लेनदेन हुन लागेको गोप्य सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले सामाखुसी टाउन प्लानिङस्थित धौलागिरी खाजाघरबाट सवईन्जिनियर श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL