Logo

मेट लाइफको प्रिमियम भुक्तानी अव अनलाईनबाटै, जोडियो कनेक्ट आईपीएसमा

मेट लाइफको प्रिमियम भुक्तानी अव अनलाईनबाटै, जोडियो कनेक्ट आईपीएसमा



काठमाडौं । मेट लाइफ नेपालले आफ्ना ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस्भनेर अनलाइन सेवाको विस्तार गरेको छ । नेपाल क्लीयरिंग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तानी माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ग्राहकहरूले प्रिमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, ‘अहिलेको समयमा जब ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका छन्, हामी कनेक्ट आइपीएससंग साझेदारी गर्न पाउँदा निकै नै खुशी छौं जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ। ग्राहक केन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझाब अनुसार अघि बढ्ने प्रयास गरिरहेका छौं र हामी ग्राहकहरुको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौ ।’

मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सुविधाहरू (समूह बीमा) प्रदान गर्दै आईरहेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL