Logo

काठमाडौंमा सभा, जुलुस र अन्य भीडभाड गर्न निषेध, अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने

काठमाडौंमा सभा, जुलुस र अन्य भीडभाड गर्न निषेध, अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने



काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन तथा अभियानका नाममा भीडभाड नगर्न निर्देशन जारी गरेको छ । 

जिप्रकाले आज मंगलबार सूचना जारी गर्दै राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाएको छ ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भीडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नुपरेको सूचनामा उल्लेख छ ।

पछिल्लो समय राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधर तथा संघीयता  विराेधीहरूले संगठित रूपमै विराेध प्रदर्शन गरिरहेका छन् ।

हिजोमात्रै माइतीघरमा राजतन्त्र तथा हिन्दू राष्ट्र पक्षधरले जुलुश निकालेका थिए । २० मंसिरमा पनि काठमाडाैंमै प्रदर्शनकाे तयारी रहेकाे बताइएकाे छ । 

प्रतिक्रिया दिनुहोस्
MBL