Logo

नेपालमा एचआईभी संक्रमित घट्दै, ९ बर्षमा ८५ प्रतिशतले घट्यो एचआईभीका कारण मृत्यु हुने दर

नेपालमा एचआईभी संक्रमित घट्दै, ९ बर्षमा ८५ प्रतिशतले घट्यो एचआईभीका कारण मृत्यु हुने दर



काठमाडौं । पछिल्लो ९ वर्षमा नेपाललगायत विश्वमा नै एचआईभी संक्रमितहरुको संख्या घट्दो छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले उक्त कुराको जानकारी दिएकी हुन् । उनका अनुसार सन २०१० देखि २०१९ सम्ममा नयाँ संक्रमण दर २३ प्रतिशतले घटेको छ । साथै आमादेखि बच्चामा सर्ने दरसमेत ५२ प्रतिशतले घटेको छ ।

laxmi

केन्द्रका अनुसार विश्वभरमा एड्सका कारण मृत्यु हुनेको संख्या ३९ प्रतिशतले घटेको छ भने नेपालमा यस्तो संख्यामा ८५ प्रतिशतले घटेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल १९ हजार ४ सय १० जना संक्रमित एआरभी उपचारमा छन् । नेपालमा आमादेखि बच्चासम्म संक्रमितको संख्यामा सन २०१० को तुलनामा २०१९ मा ८५ प्रतिशतको कमी आएको छ भने नयाँ हुने संक्रमितको संख्या पनि ६४ प्रतिशतले घटेको छ ।

यसरी नेपाललगायत विश्वमा नै एचआईभी संक्रमणलाई उन्मुलन गर्ने अभियान चलाईएको छ । सोहीअनुसार नेपालमा भने केन्द्रले नै सन २०३० सम्ममा एचआईभी मुक्त देश बनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपालमा गत असार मसान्तसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ । जसमध्ये ६० प्रतिशत अर्थात १७ हजार ५ सय ५८ जना पुरुष र ४० प्रतिशत अर्थात ११ हजार ९ सय १६ जना महिला रहेका छन् ।

केन्द्रका अनुसार नेपालमा करिव ८० प्रतिशत संक्रमित असुरक्षित यौनसम्पर्कका कारण संक्रमणको शिकार बन्ने गरेका छन् । यस्तै सुईद्वारा लागुपदार्थ सेवन गर्ने, यौनकमी, पुरुष समिलिंगी तथा तेस्रोलिंगीहरुलाई यसको संक्रमण बढी रहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL