Logo

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडकोे ऋणपत्र प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष नियुक्त भएको छ ।

बैंकको रु.१,०००/- अंकित दरका १०,००,००० (दश लाख) कित्ताका डिवेञ्चर प्रत्याभूतिकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

यससँगै नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभूति गरेको पनि यो प्रथम पटक हो । यस ‘९ % ksbbl डिबेञ्चर २०८७’ को अवधि १० बर्षको रहेको छ भने अर्धबार्षिक, ब्याज प्रदान हुने साथै सेबोनको स्विकृतिपश्चात यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषको मर्चेन्ट बैंक विभाग प्रमुख नारायण प्रसाद घिमिरे, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना, निष्काशन विभाग प्रमुख राम कुमार महत तथा निष्काशनकर्ता कामना सेवा विकास बैंक लिमिटेडका जोखिक व्यवस्थापन विभाग प्रमुख प्रदिप पुडासैनी समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL