Logo

सरकारको प्रवक्तामा अग्नी खरेल,२ बर्षभित्र सवै तुइन हटाउने मन्त्रिपरिषदको निणर्य

सरकारको प्रवक्तामा अग्नी खरेल,२ बर्षभित्र सवै तुइन हटाउने मन्त्रिपरिषदको निणर्य


बिजखबर संवाददाता
0
Shares

कानुनमन्त्री अग्नी खरेल केपी ओली नेतृत्वको सरकारको प्रवक्तामा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको  बैठकले खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

सोमवार चयन गरिएका ७ नयाँ मन्त्रीको मण्डलले उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।  अन्य मन्त्रीहरुलाई राष्ट्रपति डा. यादवले  सपथ ग्रहण गराएका छन् । सपथ लिने मन्त्रीहरुमा एमालेबाट अग्नी खरेल कानुन मन्त्री, सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल बिना विभागीय, एमाओवादीका हरिबोल गजुरेलले कृषिमन्त्री, राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा परराष्ट्र मन्त्री, मधेसी जनअधिकार फोरमबाट अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान तथा भौतिक योजना मन्त्री र राप्रपा नेपालका रामकुमार सुब्बा रहेका छन् ।

अर्थमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने भनिएका एमाले उपमहासचिव बिष्णु पौडेलले भने सपथ ग्रहण गरेका छैनन् ।
सो बैठकले देशभर रहेका तुइनलाई दुई वर्षभित्र विस्थापित गर्ने निर्णय गरेको छ ।

हाल तुइन प्रयोग गरिएका सवै स्थानमा झोलुंगे पुल राख्ने मन्त्रिपरिषदको पहिलो बैठकले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL