Logo

नेपालको ३८ औं प्रधानमन्त्रीमा केपी ओली बिजयी

नेपालको ३८ औं प्रधानमन्त्रीमा केपी ओली बिजयी


बिजखबर संवाददाता
0
Shares

नयाँ संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुशील कोइलारालाई पराजित गर्दै प्रधानमन्त्रीमा चयन भएका हुन् । प्रधानमन्त्री भएका ओली नेकपा एमालेका पार्टी अध्यक्ष हुन् भने कोइराला नेपाली काङ्ग्रेसमा पार्टी सभापति हुन् ।

प्रधानमन्त्रीमा ओली वहुमतिय पद्धतीबाट निर्वाचित भएका हुन् । उनले खसेको कुल मतमध्ये ३ सय ३८ मत प्राप्त गरेको हुन् ।

आफ्ना प्रतिस्पर्धीलाई ८९ मतले पराजित गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कोइरालाले २ सय ४९ मत पाएका थिए । जम्मा ५ सय ८७ मत खसेको थियो ।

ओली २०६२ र ६३ को जनआन्दोलनताका सशक्त नेता हुन् । यस अघि उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बनिसकेका छन् ।  बनेका थिए ।

उनी आठ वर्षदेखि मृगौंला रोगसँग लड्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL