Logo

आजदेखि नयाँ नोट वितरण शुरु, १ जनाले २२ हजारसम्म साट्न पाउने

आजदेखि नयाँ नोट वितरण शुरु, १ जनाले २२ हजारसम्म साट्न पाउने


बिजखबर संवाददाता
0
Shares

विजय दशमी र दीपावलीका अवसरमा नेपाल राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले यसबर्ष ५७ अर्ब ८५ करोड ५० लाख नयाँ नोट वितरण गर्न लागेको छ । जुन गत वर्षको तुलनामा १८ प्रतिशत अर्थात रू. १० अर्बभन्दा बढी हो ।

चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्मावलम्बीले नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ । गत वर्षको तुलनामा माग बढी हुने अनुमान गर्दै बढी नोट प्रवाह गर्न लागिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंककका प्रवक्ता त्रिलोचन पंगेनीका अनुसार अनुसार बैंकको कार्यलयबाट र काठमाडौं उपत्यकाको हकमा बैकिङ कार्यालय थापाथलीबाट आइतबारदेखि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी देशभरका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने छन् । राष्ट्र बंकको सटही केन्द्रबाट नयाँ नोट लिन चाहने सर्वसाधारणका लागि एक व्यक्तिले रू. २२ हजारसम्मको नयाँ नोट साट्न सक्नेछन् ।

प्रत्येक व्यक्तिले रू. पाँच, १० र २० दुई र दुई प्याकेट नयाँ नोट साट्न सक्नेछन भने रू. ५० र रू. १सयका १ प्याकेट नयाँ नोट पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL