Logo

नगरकोटमा यस बर्ष चंगा चेट नहुने, मुलुकको असहज परिस्थिति कारण

नगरकोटमा यस बर्ष चंगा चेट नहुने, मुलुकको असहज परिस्थिति कारण


बिजखबर संवाददाता
0
Shares

नगरकोटमा हरेक बर्ष ह्ँदै आएको चंगा चेट यसवर्ष भने नहुने भएको छ । नगरकोटमा क्लब हिमालयले दशैंको अवसरमा सञ्चालन गर्दै आएको चंगा मुलुकमा जारी असहज परिस्थितिका कारण चंगा चेट कार्यक्रम यस वर्षका लागि स्थगित गरेको हो ।

नगरकोट डाँडामा सञ्चालन हुँदै आएको चंगा चेट कार्यक्रम काठमाडौं उपत्यकाका स्थानीय तथा विदेशी पर्यटकहरुमाझ लोकप्रिय बनेको थियो ।

क्लब हिमालयले आजभन्दा १३ वर्ष अघि चंगा चेट प्रतियोगिता शुरु गरेको थियो ।

देशको अवस्था छिट्टै सुध्रिने आशा गर्दै आगामी वर्षदेखि यो परम्परालाई निरन्तरता दिन प्रतिवद्ध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL