Logo

महासंघको निर्वाचन रोक्ने अन्तिम प्रयास असफल, सर्वोच्चले गर्यो ढकालको पक्षमा फैसला

महासंघको निर्वाचन रोक्ने अन्तिम प्रयास असफल, सर्वोच्चले गर्यो ढकालको पक्षमा फैसला



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर शाहले किशोर प्रधान समुहलाई सहयोग पुर्याउने गरी आसन्न निर्वाचन रोक्न सर्वोच्च अदालतमा मुद्दा हालेपनि अदालतले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्र्रसाद ढकालको पक्षमा फैसला गरेपछि निर्वाचन नरोकिने भएको हो ।

laxmi

शेखर गोल्छा समूह भनेर घोषणा गरिएको वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधान समूहले आजबाट शुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरेको अन्तिम प्रयास पनि विफल भएको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले चुनाव जित्ने डरले निर्वाचन सार्न खोजेकोले पर्सी शनिबार हुन लागेको निर्वाचन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दिएका थिएका थिए । सो रिटमा भएको सुनुवाईमा निर्वाचन रोक्न माग गरिएको अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश माग गरेकोमा सो आदेश दिन अदालतले अस्वीकार गरेको छ ।
वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधान र उनलाई सहयोग गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघको २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका शिवशंकर शाहमार्फत सो रिट दायर गरेका थिए । तर सर्वाेच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले आज गरेको आदेशमा महासंघको निर्वाचन शुरु भइसकेकोले त्यसलाई सुचारु गर्न भनिएको छ ।

महासंघको विधानअनुसार सो निर्वाचन गएको चैत महिनामै हुनुपर्दथ्यो । तर कोभिडका कारण लकडाउन भएपछि यस चुनावी साधारण सभा अहिले मात्र हुन लागेकोले यसको वैधानिकतामाथि प्रश्न उठाउँदै सो रिट दायर गरिएको हो । उता महासंघका वर्तमान उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल स्वयंले महासंघको यो साधारण सभा रोक्न नहुने धारणा राखेका थिए ।

ढकालको पक्षबाट अधिवक्ताहरु रमणकुमार श्रेष्ठ र ललित बस्नेतले बहस गरेका थिए र आजमात्र भएको पहिलो सुनुवाईका क्रममा उनीहरुले उता साधारण सभा शुरु भएर प्रधानमन्त्रीज्यूले उद्घाटन गरिसकेकाले यो अन्तरिम आदेश मागको कुनै अर्थ नरहेको भनी तर्क गरेका थिए ।
यसअघि पनि सो समुहले गएको चैत महिनामा हुने अधिवेशनको पनि खासै तयारी नगरेको र अन्तिममा आएर रोक्ने तयारी भित्रभित्रै गरेको थियो । तर कोभिडका कारण सरकारले नै चैत ११ गतेदेखि लकडाउन गरेकोले उनीहरुलाई सहज भएको कार्यसमितिका एकजना सदस्यले जानकारी दिए । उनले त्यही समयमा भनेका थिए– अहिले नै निर्वाचन गर्यो भने चन्द्र ढकालले ८० प्रतिशत नै मत ल्याएर जित्नसक्ने देखिएकोले कार्यसमितिको बैठक डाकेर साधारण सभाको म्याद एक वर्ष थप्ने विषयमा भित्री तयारी गरेका थिए, सरकारले नै लकडाउन गरेपछि उनीहरुलाई थप सहज भएको थियो ।

त्यसपछि लकडाउन केही खुकुलो भएपछि गत असार २६ र २७ गते महासंघको साधारणसभाको मिति तोकिएकोमा उनीहरुले नै अकस्मात पदाधिकारी बैठक बोलाएर रोकेका थिए ।

साधारणसभाको अन्तिम तयारी भइरहँदा यता अकस्मात पदाधिकारी बैठक बोलाएर अनिस्चित कालका लागि रोक्ने निर्णय गरिएको थियो । सो कार्यको चन्द्र ढकाल समूहले तत्कालै विरोध गरेर साधारण सभा सार्ने जस्तो गम्भीर निर्णयका बारेमा छलफल गर्न तत्कालै कार्यसमितिको बैठक डाक्न माग गरेको थियो ।

ढकाल समूहले त्यसको भोलिपल्टै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्दै साधारण सभा रोक्ने निर्णय गर्ने अधिकार कार्यसमितिलाई मात्र रहेकोमा विधान विपरीत अकस्मात गरिएकोले यो निर्णय आफ्नो समूहले निर्वाचन जित्छ भनेर गरिएको बताएको थियो ।

साधारण सभा आजदेखि औपचारिकरिक रुपमा शुरु भएको छ । आज विहान प्रधानमन्त्री केपी ओलीले तीन दिने साधारण सभाको औपचारिक उद्घाटन गरेका छन् ।

तर यता प्रधानमन्त्रीले महासंघको साधारण सभाको उद्घाटन गरिसक्दा पनि किशोर प्रधान समूहले साधारण सभा रोक्ने अन्तिम प्रयास समेत जारी राखेको भन्दै सोही समूहकै आदेशमा २ नं प्रदेशका अर्का जिम्मेवार पदाधिकारी चुनाव रोक्न माग गर्दै अदालतसम्म पुग्नुलाई चन्द्र ढकाल समूहका एकजना कार्यसमिति सदस्यले अत्यन्तै दुःखद काम भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL