Logo

नेपालमा कोरोना : मंगलबार थपिए १७९० कोरोना संक्रमित, २७५१ जना डिस्चार्ज, २४ जनाको मृत्यु

नेपालमा कोरोना : मंगलबार थपिए १७९० कोरोना संक्रमित, २७५१ जना डिस्चार्ज, २४ जनाको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार थप १७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेका छन् ।

laxmi

त्यस्तै पछिल्लो २४ घण्टामा २७ सय ५१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १६ लाख ८१ हजार २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ६१ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL