Logo

माउन्टेन एयरक्राफ्ट दुर्घटनाको कारण खुल्यो, चालकको एकाग्रता गुम्दा दुर्घटना

माउन्टेन एयरक्राफ्ट दुर्घटनाको कारण खुल्यो, चालकको एकाग्रता गुम्दा दुर्घटना


बिजखबर संवाददाता
0
Shares

 

चालकको एकाग्रता गुमेको कारण   गत जेठ २० सिन्धुपाल्चोकमा भएको माउन्टेन एयरक्राफ्टको दुर्घटना भएको पाइएको छ । सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले बिहीबार पर्यटनमन्त्री कृपासुर शेर्पालाई बुझाएको प्रतिवेदनले यस्तो देखाएको हो ।

सिन्धुपाल्चोकको यमुनाडाँडामा भएको माउन्टेन हेलिकोप्टरको एयरक्राफ्ट (९एन–एजेपी) चालकसँगै बसेको यात्रुसँग कुराकानी गर्दा हेलिकोप्टर दुर्घटना भएको सो प्रतिवेदनमा उल्लेख छ ।

साथै चालक त्यहाँको भौगोलिक अवस्थितीका बारेमा जानकार भएपनि तत्कालिन अवस्थितीको आँकल गर्न नजानेर दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाको कारण चालक थकित हुनु पनि भएको  सो प्रतिवेदनले औल्याएको छ । ‘भूकम्पपछि असहज परिस्थितिमा निरन्तर खटिनुपर्दा चालक थाकेका थिए ’ प्रतिवेदनमा उल्लेख छ । चालकमा तार बाट जहाजलाई बचाउनेबारे चेतना समेत नभएको बताइएको छ ।

सो हेलिकोप्टर भूकम्पबाट घाइते भएकाको उपचारमा खटिएको मेडिकल टोलीलाई लिएर काठमाडौंका लागि उडेको थियो । हेलिकोप्टर सिन्धुपाल्चोकको गुम्बा गाविसस्थित तेम्बाथानबाट फर्कने क्रममा यमुनाडाँडामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालक सुबेक श्रेष्ठसहित चारजनाको निधन भएको थियो । दुर्घटनामा निधन भएका यात्रुमध्ये दुई चिकित्सक र एक नर्स थिए ।

हेलिकोप्टर अनियन्त्रित भई विद्युत् प्राधिकरणको ट्रान्समिसन लाइनमा ठोक्किएर दुर्घटना भएको थियो । आयोगले आगामी दिनमा यस प्रकारका दुर्घटना दोहोरिन नदिन चाल्नुपर्ने सुरक्षा सतकर्ताबारे नेपाल नागरिक उड्डयन प्राधिकरण, माउन्टेन हेलिकोप्टर्स प्रालि र विद्युत् प्राधिकरणलाई सचेतसमेत गराएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL