Logo

कोरोना अपडेट : शनिबार १६सय ७४ जना कोरोना संक्रमित थपिदा २३ सय २३ जना निको भए, मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

कोरोना अपडेट : शनिबार १६सय ७४ जना कोरोना संक्रमित थपिदा २३ सय २३ जना निको भए, मृत्यु हुनेको संख्या १३ सय नाघ्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २१८६३९ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २४००९ जना रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या २३२३ रहेको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या १९३३२५ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आजको पीसीआर ८१४३ रहेको जनाएको छ भने यससँगै हालसम्म गरिएका नमूना पीसीआर परीक्षणको संख्या १६५२०४३ रहेको छ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १३०५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL