Logo

नेपालमा कालोबजारी भइरहेको रेम्डेसिभिर कोरोना उपचारमा प्रयोग नगर्न डब्लुएचओको सुझाव, अब के हुन्छ ?

नेपालमा कालोबजारी भइरहेको रेम्डेसिभिर कोरोना उपचारमा प्रयोग नगर्न डब्लुएचओको सुझाव, अब के हुन्छ ?



काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी भएको भनिएको औषधि रेम्डेसिभिर कोरोना भाइरसको उपचारमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । पछिल्लो समय नेपालमा कालोबजारी भइरहेको चर्को मूल्य पर्ने रेम्डेसिभिर कोरोना भाइरसको उपचारमा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको हो ।

laxmi

डब्लुएचओको विज्ञ टोलीले यसले कोभिड विरामीको उपचारमा प्रभावकारी भूमिका निभाउन नसकेको निष्कर्ष निकालेको छ । डब्लुएचओको विज्ञप्तिमा कोरोना भाइरसविरुद्ध मृत्यु दर रोक्न कुनै अर्थपूर्ण प्रभाव नराखेको उल्लेख छ ।

अहिले कोरोनाको उपचारका लागि प्रयोगमा ल्याइएको रेम्डेसिभिरको नेपालमा पनि माग बढ्दो छ । सिन्डिकेट बनाएर केही औषधी आयातकर्ता कम्पनीले यसको आयात गर्दै आएका छन् ।

बँगलादेशको कम्पनि बेक्सिम्कोले रेम्डेसेभिरको उत्पादक औषधि कम्पनि गिलिड साइन्सेससँग सम्झौता गरेर बेम्सेभिर नामबाट उत्पादन गरिरहेको छ । नेपालमा यही औषधी आयात गरिएको छ । केही कम्पनिहरुले यसको आयात गरेर विक्रीवितरण गरिरहेका छन् । कतिपयले ब्ल्याकमा १० देखि १५ हजारसम्म विक्रीवितरण गरेपछि कडाई गरियो ।

रेम्डेसिभिरको विक्रीका लागि कोभिडको उपचार गरिरहेका विरामी उपचाररत अस्पतालको आधिकारिक पत्र आवश्यक पर्छ । अस्पतालको आधिकारिक पत्रका आधारमा अहिले यसको मूल्य प्रति डोज ५४ सय तोकिएको छ । प्रति विरामी पाँच देखि सात डोजसम्म प्रयोग गरिदैछ । प्रति विरामी ३० देखि ३८ हजारसम्म न्यूनतम मूल्यको रेम्डेसेभिर चलाइने गरिएको छ ।

रेम्डेसिभिरलाई कोरोना भाइरसको उपचारमा आकस्मिक प्रयोग गर्न नेपालमा पनि अनुमति दिइएको छ । संयुक्त राज्य अमेरिकामा पनि यसको प्रयोग छ ।

प्रतिक्रिया दिनुहोस्
MBL