Logo

महासंघमा ढकाल समूहको विजय यात्रा सुरु, गृह जिल्लाबाटै प्रधानलाई धक्का

महासंघमा ढकाल समूहको विजय यात्रा सुरु, गृह जिल्लाबाटै प्रधानलाई धक्का



काठमाडौ । नेपाल उद्योग वाणिज्य महामसंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल समूहले विजय यात्रा शुरु गरेको छ ।

वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालको प्यानलबाट प्रदेश सदस्यको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत १ नं प्रदेशबाट निर्विरोध निर्वाचित भएसँगै ढकाल समुहको विजय यात्रा सुरु भएको हो ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं १ को उपाध्यक्ष समेत हुन ।

विराटनगर निवासी उनको यो विजयलाई ढकाल समूहले एक महत्वपूर्ण विजयका रुपमा लिएको छ । किनकि मोरङ महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको गृह जिल्ला हो ।

ढकाल समूहका सदस्य तथा पदाधिकारीहरुले १ नं प्रदेशबाट नै यसरी विजय यात्रा शुरु भएकोले निर्वाचनमा आफूहरुको समूहको विजय सुनिश्चित भएको बताएका छन् ।

आज उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने अन्तिम दिन हो । आज पाँच बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि १ नं प्रदेशबाट राउत निर्विरोध भएका हुन् ।

उपाध्यक्षका उम्मेदवार ढकाल गतहप्ता मात्रै निर्वाचन प्रचारका क्रममा १ नं प्रदेशको भेडेटारमा पुगेका थिए । त्यस क्रममा ५२ जिल्ला नगर अध्यक्ष सहित एक सयभन्दा बढी उद्योगी व्यवसायी उपस्थित भएर ढकाल समुहलाई समर्थन गरेका थिए ।

यसैगरी दुईराष्ट्रियमा पनि ढकाल समुहकै सन्दिप अग्रवाल निर्विरोध भएका छन् । ढकाल समुहबाट निर्विरोध निर्वाचित भएका अग्रवाल हाल नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघकाअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL