Logo

श्रम बजारलाई व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र अन्य चार साझेदार संस्थाबीच सम्झौता

श्रम बजारलाई व्यवस्थित गर्न उद्योग वाणिज्य महासंघ र अन्य चार साझेदार संस्थाबीच सम्झौता



काठमाडौं । नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरुबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चार साझेदार संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरुबीच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, नेपाल साना तथा घरेलु उद्योग महासंघका महासचिव डम्बर रेग्मी र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

नेपाली श्रम बजारको अध्ययन अनुसन्धान र तथ्याङक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी भए ।

कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न सबै संस्थाबाट दुई–दुई जना प्रतिनिधि रहने गरी प्रोजेक्ट–कोअर्डिनेसन कमिटी गठन गरिएको छ । कार्यक्रम उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL