Logo

एडिबीद्धारा नेपालका लागि सहयोग पारित,१४ करोड ऋण दिने

एडिबीद्धारा नेपालका लागि सहयोग पारित,१४ करोड ऋण दिने


बिजखबर संवाददाता
0
Shares

एसियन विकास बैँक (एडिबि)ले बिहीवार जापान सरकारको तर्फबाट नेपालका लागि १५ करोड रुपैयाँको सहयोग पारित गरेको छ ।

भूकम्पबाट क्षति पुगेका नेपालका १४ जिल्लामा विद्यालयको पुनःनिर्माण र भूकम्पपिडीतहरुको जीवन समान्य बनाउने उद्देशयका साथ एडिबीले ऋण सहयोग गरेको हो ।

जापान फण्ड फर पोभर्टी, जापान सरकारले गरिबी निवारणका लागि स्थापना गरेको कोष हो । यो सहयोग रकममा नेपाल सरकारले थप १३ लाख रुपैयाँ, साना किसान विकास बैँकको तर्फबाट १५ लाख रुपैयाँ थप सहयोग गरिने बताइएको छ ।

जम्मा सहयोग रकमको करिब ८१ लाख रुपैयाँ कम्तीमा पनि १४ वटा बिद्यालयहरुको पुनःनिर्माणमा लगाइने बताइएको छ ।

त्यस्तै करिब १२ हजार ५ सय घरपरिवारलाई साना ऋणको रुपमा ७० लाख रुपैयाँ र अरु १९ लाख रुपैयाँ भूकम्पपिडीतहरुलाई प्रकोपको सामना कसरी गर्ने र यसबाट कसरी उक्सने भन्ने विषयमा वित्तीय तालिमहरुकामा उपयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL