Logo

दशैमा टिकट बुकिङ् नहुने, व्यवसायी भन्छन् ‘अब गाडी चलाउन सकिदैंन’

दशैमा टिकट बुकिङ् नहुने, व्यवसायी भन्छन् ‘अब गाडी चलाउन सकिदैंन’


बिजखबर संवाददाता
0
Shares

दशैमा घर जान चाहनेका लागि यस बर्ष भने अग्रिम टिकट बुकिङ्क नहुने निश्चित भएको छ ।

सिमा नाकाको अवरोधका कारण पेट्रोलियम आपूर्तीमा समस्या देखिएपछि यातायात व्यवसायीले दशैको लागि अग्रिम बुकिङ् गर्न नसकिने बताएका हुन् । ‘दशैको अग्रिम बुकिङ् गर्न सक्ने अवस्थामा हामी छैनौं’ राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष डोलनाथ खनालले भने ।

यसअघि दशैको तीन हप्ताअघि नै व्यवसायीहरूले अग्रिम टिकट बुकिङ् गराउँदै आएका थिए ।

पेट्रोलियमको अभाव भएपछि लामो दुरीका अधिकाशं बस त्यसै थन्किएका छन् । खनालका अनुसार अहिले नै ७० प्रतिशत भन्दा बढी बसले डिजेल अभावकै कारण त्यसै थन्किएका छन् । ‘यस्तै अवस्था रहने हो भने दशैमा गाडी चलाउन सक्ने अवस्था पनि छैन,’ उनले भने त्यस्तै दशैको समयमा नयाँ बस थप्ने प्रचलन पनि यस पटक हटेको छ ।

सामान्य अवस्थामा थानकोटबाट दैनिक लामो दुरीका १ हजार सवारी बाहिरिने गर्छन् । दशैको समयमा दैनिक ३ हजार सवारी बाहिरिने व्यवसायीको भनाई छ । तर यसपटक भने दशैमा पनि सामान्य दिनमा थानकोटबाट छुट्ने सवारीको सङ्ख्या भन्दा पनि निकै कम मात्र हुने उनीहरूको भनाई छ ।

यसैगरी व्यवसायीले यसपटकको दशैंमा नयाँ सवारी साधन पनि नथप्ने भएका छन् । प्रत्येक बर्ष दशैंमा २ सय देखि ५ सय नयाँ गाडि थप्दै आएकोमा डिजेल अभावकै कारण थप्न नसकिने खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL