Logo

पञ्चाङ्ग समितिले जुरायो टिकाको साइत, १०ः५५ मा उत्तम

पञ्चाङ्ग समितिले जुरायो टिकाको साइत, १०ः५५ मा उत्तम


बिजखबर संवाददाता
0
Shares

नेपाल पञ्चाङ्ग निर्णायक समितिका यस वर्षको दसैं टिकाको साइत सार्वजनिक गरेको छ । समितिले अनुसार टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट रहेको छ । यसैगरी, घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा छ ।

कात्तिक ३ गते मंगलबार फूलपाती र बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ बजेर ५३ मिनेटमा छ । कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ ।

कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको पञ्चाङ्ग समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL