Logo

अर्थमन्त्री भन्छन् ‘म प्रधानमन्त्रीको दावेदार’, त्याग र योगदानको मूल्यांकन हुनुपर्छ

अर्थमन्त्री भन्छन् ‘म प्रधानमन्त्रीको दावेदार’, त्याग र योगदानको मूल्यांकन हुनुपर्छ


बिजखबर संवाददाता
0
Shares

अर्थमन्त्री डारामशरण महतले आफू पनि कांग्रेसको तर्फबाट नयाँ संविधान अनुरुप बन्ने सरकारको नेतृत्व गर्न अग्रसर रहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरुसँगको भेटघाटमा उनले आफ्नो नाम प्रधानमन्त्रिको चर्चा चर्चामा रहेको  जानकारी दिए । ‘धेरै साथीहरुको जोड पनि अव पार्टीबाट मैले नेतृत्व गर्नुपर्यो  भन्ने चाहना रहेको पाएको छु,’उनले भने ‘त्यसैले बहुमतीय सरकारको नेतृत्वमा आफूलाई पनि उभ्याउने इच्छा भएको हो ।’

नयाँ सरकारको नेतृत्वबारे पार्टीले निर्णय गरिनसकेको जानकारी दिदै उनले चाँडै बस्ने केन्द्रीय समिति बैठकले यसबारेमा निर्णय गर्ने स्पष्ट पारे । साथै पार्टीका धेरै साथीहरुले प्रधानमन्त्रीको दावेदारी प्रस्तुत गर्न दबाब दिइरहेकोले यसबारे छलफल भइरहेको जानकारी दिए ।

डा. महतले भरसक सहमतिका लागि पहल हुने र नभएमा बहुमतीय चयन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री आउने बताए । पार्टीमा गरेको त्याग, योगदान र वरिष्ठताका आधारमा अव आफूले पनि प्रधानमन्त्रीमा दाबी गर्ने समय आएको जानकारी दिए । ‘म पनि प्रधानमन्त्रीको प्रवल दावेदार हुँ ’ उनले भने ।

सो अवसरमा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएकोबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा कसैलाई प्रधानमन्त्री बनाउने भद्र सहमति नभएको बताए । ‘कुनै सहमतिका बूँदामा लेखिएको मैले देखेको छैन’ उनले भने छैन  । आगामी साताभित्र कसैको पक्षमा सहमति बन्छ भने कांग्रेस त्यसमा बाधक नबन्ने अर्थमन्त्री डा महतको भनाई थियो ।

अर्थमन्त्री डा महत जैन चतुर्मासमा जैन भारती संस्थानको नवौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रुपमा भाग लिन विराटनगर पुगेका थिए ।
सो अवसरमा उनले आचार्य महाश्रमणमो सान्निध्यमा दीक्षान्त समारोहमा पीएचडी, स्नातकोत्तर र स्नातक विद्यार्थीहरुलाई प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL