Logo

मन्त्री पण्डित विरुद्ध खनिए सुवेदी, अख्तियारमा समेत दिए उजुरी

मन्त्री पण्डित विरुद्ध खनिए सुवेदी, अख्तियारमा समेत दिए उजुरी


रामराजा श्रेष्ठ
108
Shares

बिजखबर संवाददाता
३ मंसिर, काठमाडौं । सहसचिव भरत सुवेदी सामान्य प्रशासन मन्त्री लालबावु पण्डित विरुद्ध खनिएका छन् । मन्त्री पण्डितले आफुलाई अन्याय गरेको भन्दै पण्डित विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका छन् । साथै, पण्डितले आफुलाई निजामती सेवा ऐन विपरीत जिम्मेवारीविहीन बनाएर अनावश्यक तनाव दिएको समेत सुवेदीको आरोप छ ।

laxmi

bizkhabar_Lalbabu-Pandit
आफुहरुले माग नगरेपनि पछिल्लो समय मन्त्री पण्डितले आफुखुशी सहसचिवको सरुवा गर्दै आएको अन्य मन्त्रालयहरुको पनि आरोप छ । मन्त्री पण्डितले सहसचिवहरुको आफुखुशी सरुवा गर्दा कार्यसम्पादनमा समेत अप्ठ्यारो परेको एक मन्त्रीले बताए । विहीबार बस्ने मन्त्रिपरिषद्मा पनि मन्त्री पण्डितले आफुखुशी सहसचिव सरुवाको फाइल लाँदैछन् । तर, उक्त सरुवाको फाइलमा पनि मन्त्री पण्डितले आप्mनो नाम नराखेपछि सुवेदी उनी विरुद्ध झनै खनिएका छन् । सुवेदीले आफूलाई अन्यायपूर्वक सरकारले काम गर्नबाट बञ्चित गरेर राखेको  गुनासो गर्दै अर्थमन्त्रालयमा आइसकेपछि स्वेच्छाले अन्य मन्त्रालयमा जान चाहेको बताउँदै आएका छन् । ‘निजामती सेवा ऐन २०४९ को दफा १८ख र १८घ मा भएको व्यवस्था अनुसार कुनैपनि कर्मचारीलाई २ महिना भन्दा वढी अवधि उसको रुची र अनुुभव अनुुसारको जिम्मेवारी नदिई राख्न पाइँदैन,’ उनले भने, ‘तर, मलाई ९ महिनादेखि   पदस्थापना नै नगरी जगेडामा राखिएको छ । यदि आफुलाई सरुवा गरिए जुनसुकै मन्त्रालयमा गएर काम गर्न तयार छु ।’

bizkhabar_bharat subedi
केही समय अघि सुवेदीलाई राजस्व अनुसन्धान विभागमा उपमहानिर्देशक भएर जादा केही असन्तुष्ट कर्मचारी र सामान्य प्रशासनमन्त्री पण्डितको उक्साहटमा सोही विभागका उपसचिव तीर्थ खनालले  हाजिर गर्न  समेत रोक लगाएका थिए । साथै, उनको नाम लिखित साइनबोर्ड समेत हटाउने काम गरेकोे विभागका एक कर्मचारीले बताए । मन्त्री पण्डितले अहिले फेरि मेरा बिरुद्ध अर्को षढयन्त्र शुरु गरेका छन्,’ उनले भने, ‘मलाई अर्थमा ल्याउन अर्थमन्त्रीको भूमिका नरहदा नरहँदै पनि उहाँलाई मेरो सरुवासँग जोडेर बद्नाम गर्ने काम भैरहेको छ ।’ सुवेदीका अनुसार, सामान्य प्रशासनमन्त्रीको पूर्वाग्रही कार्यशैली, संक्रमणकालमा कर्मचारीहरुमा बढ्दै गएको छाडा प्रबृत्ति, युनियनिज्म र आफूले बिगतमा कार्बाही गरेका केही व्यापारीहरु तथा पछि कार्बाहीमा पर्नसक्ने संभावित व्यापारीहरुको संयुक्त गठजोडको परिणामा पनि हो यो । बिगतमा आफूलाई दिइएको जिम्मेवारी अनुसार राजस्व छल्नेहरुलाई कार्बाही गरी अर्बौ रुपैयाँ राजस्व असूली गरेका कारण आफुलाई अर्थमन्त्रालयमा लगिएको समेत उनले दावी गरे । आफुले अर्थमन्त्री डा रामशरण महतको पालामा मात्र नभइ यस अघिका अर्थमन्त्री महेश आचार्य, भरतमोहन अधिकारी, डा बावुराम भट्टराई, बर्षमान पुनको पालामा समेत अर्थमन्त्रालय अन्तर्गत नै रहेर काम गरको उनले जानकारी दिए ।

यसैबीच विभागका उपसचिव खनालले मन्त्रालयबाट आएको पत्र अनुसार काम गर्नुपर्नेमा सो पत्रमा मनपरी टिप्पणी लेखेर मन्त्रालयलाई समेत चुनौती दिएका छन । विभागका ती कर्मचारीको भनाई अनुसार खनालले मन्त्रालयले पठाएको पत्रमा लेखेको गलत टिप्पणी निजामती प्रशासनको इतिहासमै पहिलो हुन सक्छ । अनुसन्धान विभागका कर्मचारीहरुले कि प्रभावकारीरुपमा काम गर्न सक्नुप¥यो कि प्रभावकारी काम गर्न सक्नेलाई स्वागत गर्नुप¥यो । अर्को विकल्प नै छैन । यसमा अनुसन्धान गरी मन्त्रालयले उचित कार्बाही गर्ला ।
यसैबीच राजस्व अनुसन्धान विभागका उपसचिव तीर्थ खनाल र नासु पोषण थापाबाहेकका सबै कर्मचारीहरु महानिर्देशक समक्ष आएर खनालको आपत्तिजनक व्यवहार र काम कार्बाही नियन्त्रण गरिनुपर्ने नत्र आफूहरु काम गर्न असमर्थ रहेको जानकारी समेत दिएका छन । महानिर्देशक र ६ जना निर्देशक सम्मिलित संयुक्त टोलीले अर्थ सचिव सुमनप्रसाद शर्मालाई मन्त्रालयमा भेटी अवगत गराइसकेका छन । बिभागमा रहेका सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक डीएसपीसँग विवाद गरी कार्यालयमा नआएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL