Logo

कोरोना कहरबीच सुनको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित मूल्य घट्दै

कोरोना कहरबीच सुनको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित मूल्य घट्दै



काठमाडौं । पछिल्लो समय विश्वभर नै बहुमूल्य मानिने पहेँलो धातु अर्थात सुनको मूल्यमा भारी उत्तारभढाव आएको छ । विश्वबजारमा नै बढेर प्रति औंस २ हजार डलरसम्म पुगेको सुनको मूल्य नेपालमा भने प्रतितोला १ लाख ३ हजा ५ सयसम्म पुगेको थियो ।

विश्वभर फैलिएको कोरोना कहर र यसले ध्वस्त पारेको बजार चेनका कारण विश्वबजारमा नै सुनको मूल्यमा भारी वृद्धि भएको थियो । तर भदौ महिनाको उत्तराद्र्धतिर विश्वबजारमा कोरोना भाईरस विरुद्धको भ्याक्सिन बनिसकेको हल्ला चलेसँगै यसको मूल्यमा पुन गिरावट आईरहेको थियो ।

नेपालमा सुनको मूल्य १ लाख ३ हजार ५ सय पुग्दा कतिपय विश्लेषकहरुले यसको मूल्यले डेढ लाखको सीमा छुनेसम्मका भविष्यवाणीहरु गरेका थिए । तर भदौ महिनाकै उत्तराद्र्धतिरबाट गिरावट आउन थालेको सुनको मूल्य लगातार ओरालो लाग्दा हाल यसको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा सिमित भएको छ ।

पछिल्लो १ महिनाकै कुरा गर्नेहो भने पनि सुनको मूल्यले दैनिकजसो रुपमा कहिले घटेको र कहिले बढेको संकेत देखाउँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो १ महिनामा मात्रै नेपालमा सुनको मूल्यमा प्रतितोला १ हजार ७ सय रुपैयाँको गिरावट आएको छ ।

भदौ महिनाको उत्तराद्र्धतिर मूल्य घट्ने क्रममा कुनै दिन प्रतितोला १ हजार ८ सय रुपैयाँसम्मले सुनको मूल्यमा गिरावट आएको थियो । यस्तो बेलामा विश्लेषकहरुले सुनको मूल्य घटेर पुरानै मूल्यमा अर्थात नेपालमा लकडाउन हुनुभन्दा अघिको मूल्य प्रतितोला ७० देखि ७१ हजार रुपैयाँसम्म पूग्ने अनुमान समेत गरेका थिए ।

तर नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्षसमेत रहेका मनीरत्न शाक्यले भने सुनको मूल्यमा धेरै गिरावट आए प्रतितोला ८५ हजारभन्दा तल नझर्ने बताएका थिए । पछिल्लो महिना सुनको मूल्य पनि ९४ हजार देखि ९६ हजार रुपैयाँ बीचको मूल्यमा फन्को मारिरहेको जस्तो देखिन्छ । अर्थात महिनाभरी ९६ हजारभन्दा बढी बढेन भने ९४ हजारभन्दा कहिल्यै घटेन ।

हाल विश्वबजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ७ डलरमा पुगेको छ । अन्तरराष्ट्रिय विज्ञहरुले पनि अब सुनको मूल्यमा केही स्थिरता आउने बताईरहेका छन् । विश्वबजारमा सुनको मूल्य बढीरहेको अवस्थामा सुनमा लगानी गर्ने मनसायले सुन खरिदकर्ताको संख्या उल्लेख्य थियो ।

तर हाल यसको मूल्यमा गिरावट आईरहँदा यसका विक्रीकर्ता उल्लेख्य रुपमा बढिरहेका सुन व्यापारीहरु बताउँछन् । यसरी पहिले बढी मूल्यमा किनेको सुनलाई हाल घटेको मूल्यमा बेच्न खरिदकर्ताहरु बाध्य छन भने व्यवसायीहरु पनि आफ्ना ग्राहकले किनिसकेको सुनलाई फिर्ता लिन नसक्नेअवस्थामा छैनन ।

प्रतिक्रिया दिनुहोस्
MBL